कोरोना महामारीले ब्राजिलको अवस्था भयावह, एकै दिन ३७ हजार संक्रमित

कोरोना महामारीले ब्राजिलको अवस्था भयावह, एकै दिन ३७ हजार संक्रमित

कोरोना भाइरसको महामारीले ब्राजिलको अवस्था भयावह बनेको छ । अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा ४५ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ३३८ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४५ हजार ४५६ पुगेको छ ।

एकै दिन ३७ हजार २४२ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ९ लाख २८ हजार ७९८ पुगेको छ । ४ लाख १८ हजार ५६८ जनाको उपचार भइरहेकोमा ८ हजार ३१८ जनाको अवस्था गम्भीर छ ।