अमेरिकामा २२ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

अमेरिकामा २२ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा संक्रमित हुनेको संख्या २२ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै २४ हजार ७२७ जना संक्रमित थपिएका छन् । बुधबार बिहानसम्म १ लाख १९ हजार १२४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ८४१ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये ८ लाख ९९ हजार ४७८ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ११ लाख ८९ हजार ७५ जनामध्ये १६ हजार ६७१ जनाको अवस्था गम्भीर रहेको छ ।