ब्राजिलमा कोरोनाको संक्रमण अझ बढ्दै, एकै दिन ३१ हजारमा संक्रमण

ब्राजिलमा कोरोनाको संक्रमण अझ बढ्दै, एकै दिन ३१ हजारमा संक्रमण

कोरोना भाइरसको महामारीले ब्राजिलको अवस्था भयावह बनेको छ । अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा दैनिक संक्रमितको संख्या दिनानुदिन अझ बढ्दै जान थालेको छ ।

वुधबार एकै दिन ३७ हजारभन्दा बढी नयाँ संक्रमित देखिएको विहिबार पनि संक्रमितको संख्या ३० हजार नाघेको छ । विहिबार ३१ हजार ४७५ जना नयाँ संक्रमित फेला परेपछि ब्राजिलमा संक्रमितको संख्या ९ लाख ६० हजार ३०९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार २०९ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४६ हजार ६६५ पुगेको छ ।