लद्दाख प्रकरण : चीन र भारतको सैन्य वार्ता निष्कर्षविहिन

लद्दाख प्रकरण : चीन र भारतको सैन्य वार्ता निष्कर्षविहिन

४५ वर्षपछि भएको हिंसात्मक भीडन्तभएपछि चीन र भारतका सैन्य अधिकारीहरूबीच भएको वार्ता निष्कर्षविहिन भएको छ ।

२० भारतीय सैनिकको मृत्यु हुने गरी सोमबार राति भएको लद्दाख घटनाबारे छलफल गर्न बसेको भारत र चीनको सैन्य वार्ता विना निष्कर्ष टुंगिएको हो ।

समाचार एजेन्सी एएनआईका अनुसार घटनापश्चात मेजर जनरल स्तरको वार्ता भएको थियो। तर, वार्ताले परिणाम निकाल्न सकेन।

उक्त घटनालाई लिएर बुधबार नै भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ समकक्षी चीन वांगबीच टेलिफोन वार्ता भएको थियो।

लद्दाख प्रकरण लगत्तै दुवै मुलुकले सुरक्षा सतर्कता अझ बढाएका छन् । भारतले उक्त क्षेत्रमा सुरक्षा तैनाथी थप बढाएको बताइएको छ भने चीनले तिब्बत क्षेत्रमा सैन्य अभ्यास नै गरिरहेको समाचारहरू बाहिरिएका छन् ।