रक्सी पिएर हंगामा मच्चाउने बाँदरलाई जन्मकैदको सजाय !

रक्सी पिएर हंगामा मच्चाउने बाँदरलाई जन्मकैदको सजाय !

बाँदरले रक्सी पियो भन्ने कुराले तपाई अचम्मित बन्नुभयो होला । तर यो खबर सत्य हो । भारतको मिर्जापुरमा एक बाँदरले हरेक दिन रक्सी पिएर हंगामा मच्चाएपछि उसलाई जन्मकैदको सजाय दिइएको छ ।

रक्सी पिएर अहिलेसम्म उक्त बाँदरले २५० भन्दा धेरै मानिसहरुलाई टोकेको बताइएको छ । यस बाँदरको नाम कलुआ रहेको छ ।

उक्त बाँदरले त्यहाँ डिसेम्बर देखि रक्सी पिएर दु’ख दिँदै आएके बतायएको छ । आतंकको पर्याय बनेको बाँदरलाई उसको मालिकले रक्सी पिलाउने गरेको खुलेको छ । बाँदरका मालिक पेशाले तान्त्रिक रहेको बताइएको छ ।

आतंक धेरै मच्चाएपछि स्थानीयले प्रशासनमा उजुरी दिएका थिए । त्यसपछि प्रशासनले उजुरी दर्ता गर्दै अदालतमा केस दर्ता गरेको थियो । त्यसपछि अदालतले उसलाई सजाय”वरुप जीवनकैदको सजाय दिएको हो ।