लकडाउनमा बढ्यो २७८ किलो तौल, १० जनाले बोकेर लगे अस्पताल !

लकडाउनमा बढ्यो २७८ किलो तौल, १० जनाले बोकेर लगे अस्पताल !

कोरोना भाइरसको कारण भएको लकडाउनको असर मानिसको स्वास्थ्य र शरीरमा समेत परेको छ ।लकडाउनले घरमा बस्दा बस्दा मानिसहरुमा मोटोपनको समस्या बढ्दै गएको छ । मानिसहरु घरमा बसेर धेरै खाइराख्ने र अन्य काम नहुनाले धेरै समस्यामा परेको देख्न सकिन्छ ।

यस्तै एउटा घटना चीनमा पनि भएको छ । चीनमा एक मानिस कोरोनाका कारण भएको लकडाउनका कारण घरमा बस्दा बस्दै ५ महिना भित्रमा १०० किलो तौल बढेको छ ।

यो घटना चीनको हो । चीनका एक २६ वर्षीय पुरुषको तौल ५ महिनामा १०० किलो बढेको छ । उनको नाम सिर्फ झोउ रहेको बताइएको छ ।

उनलाई तौल बढेपछि श्वास फेर्न गाह्रो भएको र त्यसका कारण अस्पताल लिएर जाँदा १० जना लागेको बताइएको छ ।

जानकारीका अनुसार उनलाई अस्पताल ६ सिक्योरेटी गार्ड र ४ हेल्थ वर्करको सहयोगमा लगिएको थियो । उनको उपचार ९ दिनमा भएको बताइएको छ ।