चीनले रिहा गर्‍यो १० भारतीय सैनिक !

चीनले रिहा गर्‍यो १० भारतीय सैनिक !

चीनले आफ्नो नियन्त्रणमा रहेका १० भारतीय सैनिक रिहा गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

द हिन्दूका अनुसार बिहीबार साँझ चीनले एक लेफ्टिनेन्ट कर्नेल र तीन मेजरसहित १० भारतीय सेनालाई रिहा गरेको हो । बुधबार भएको मेजर जनरल स्तरीय वार्तामा सहमति जुटेसँगै उनीहरुलाई रिहा गरिएको समाचारमा उल्लेख गरिएको छ ।

लद्दाखको गलवान भ्यालीस्थित सीमा क्षेत्रमा झडप भएको झडपपछि उनीहरुलाई नियन्त्रणमा लिइएको समाचारमा दाबी गरिएको छ । यो झडपमा २० भारतीय सैनिक मारिएका थिए । यसको भारतले पुष्टि गरेको छ ।

तर सीमा क्षेत्रमा भएको झडपपछि १० भारतीय सैनिकलाई चीनले नियन्त्रणमा लिएको विषयमा भारतले केही बताएको छैन । यसको स्वतन्त्र पुष्टि पनि हुन सकेको छैन ।