न्यूजिल्याण्डमा शक्तिशाली भूकम्प, ‘हाई अलर्ट’ जारी

न्यूजिल्याण्डमा शक्तिशाली भूकम्प, ‘हाई अलर्ट’ जारी

कोरोना महामारीकाबीच न्यूजिल्याण्डमा बिहीवार साँझ शक्तिशाली भूकम्प गएको छ । तुरांगाबाट ७३० किमी टाढा केन्द्रबिन्दु बनाएर गएको ७.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प पछि त्यहाँ सुनामी आउन सक्ने भन्दै हाई अलर्ट जारी गरिएको छ ।

अहिलेसम्म त्यबारेमा केहि पनि जानकारी नआईसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । भूकम्पको झट्काका कारण फिजी, केरमेडेक द्वीप समूह, न्यू क्यालेडोनिया, न्यूजिल्याण्ड, नीयू, टोंगा र वानुअतुमा सुनामीको लहर आउन सक्ने बताइएको छ ।

यूएसको जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्र न्यूजिल्याण्डको नर्थ आईल्याण्डको एक शहर अपोटिकीबाट ६८५ किमी उत्तर पूर्वमा रहेको बताएको छ । भूकम्प पछि तत्काल सबै ठाउँमा सुनामीको चेतावनी दिइएको छ ।