भारतमा संक्रमितको संख्या दैनिक बढ्दै, एकै दिन १३ हजार बढी भेटिए

भारतमा संक्रमितको संख्या दैनिक बढ्दै, एकै दिन १३ हजार बढी भेटिए

भारतमा कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएको छ। गत २४ घण्टामा १३ हजार ५ सय ८६ जना संक्रमित थपिएका छन्। यो सँगै भारतमा संक्रमितको संख्या ३ लाख ८० हजार ५ सय ३२ पुगेको छ। सोही अवधिमा ३ सय ३६ जना संक्रमितको मृत्यु भएको छ। 

एकैदिन यति धेरै संख्यामा संक्रमित भेटिएको यो पहिलो पटक हो। यसअघि बिहिबार एकै दिन १२ हजार ८ सय ८१ संक्रमित भेटिएका थिए। कुल संक्रमितमध्ये १ लाख ६३ हजार २ सय ४८ जना संक्रिय संक्रमित हुन्। हालसम्म २ लाख ४ हजार ७ सय ११ जना उपचारपछि डिस्चार्ज भएको भारत सरकारले जनाएको छ। मृतकको संख्या १२ हजार ५ सय ७३ पुगेको छ। 

सबैभन्दा धेरै संक्रमित भेटिएको महाराष्ट्रमा गत २४ घण्टामा ३ हजार ७ सय ५२ संक्रमित थपिएका छन्। यो सँगै महाराष्ट्रमा संक्रमितको संख्या १ लाख २० हजार ५ सय ४ पुगेको छ भने ५ हजार ७ सय ५१ जनाको मृत्यु भएको छ। हालसम्म ६० हजार ८ सय ३८ जना उपचारपछि निको भएका छन्। 

तमिल नाडुमा ५२ हजार ३ सय ३४ संक्रमित छन् भने ६ सय २५ जनाको मृत्यु भएको छ। २८ हजार ६ सय ४१ जना निको भएका छन्। डेल्लीमा संक्रमितको संख्या ४९ हजार ९ सय ७९ पुगेको छ। हालसम्म १ हजार ९ सय ६९ जनाको मृत्यु भएको छ भने २१ हजार ३ सय ४१ जना उपचारपछि निको भएका छन्। यो सहित भारतको १८ राज्यमा कोरोना संक्रमित भएका छन्।