कोरोनाविरुद्धको पहिलो ‘भ्याक्सीन’ बनेपछि के भन्यो ‘डब्ल्युएचओ’ले ?

कोरोनाविरुद्धको पहिलो ‘भ्याक्सीन’ बनेपछि के भन्यो ‘डब्ल्युएचओ’ले ?

कोरोना भाइरसविरुद्धको भ्याक्सीन डेक्सामेथासोनको ट्रायलको शुरुवाती नतिजालाई विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले स्वागत गरेको छ ।

बेलायतको अक्सफोर्ड यूनिभर्सिटीको तर्फबाट डेक्सामेथासोन औषधि करिव २ हजार संक्रमितमा ट्रायल गरिएको थियो । ट्रायलमा यो औषधिले केहि संक्रमितको ज्यान बचाउन सफल भएको थियो ।

रिसर्चरले भनेका छन् कि, ‘डेक्सामेथासोन पहिलो यस्तो औषधि हो, जसले पहिलो पटक कोरोना संक्रमितलाई बचाएको छ । बेलायती सरकारले डेक्सामेथासोन औषधिबाट कोरोना संक्रमितको उपचार गर्न स्विकृति पनि दिएको छ ।

यो एउटा पुरोनो र सस्तो औषधि हो । लीड रिसर्चर प्रो. मार्टिन ल्याण्ड्रेले भने, अब बिना कुनै ढिलाई अस्पतालमा रहेका संक्रमितमा यो औषधिको प्रयोग गर्दा हुन्छ । तर मानिसहरुले भने आफैँ यो औषधि किनेर खान हुँदैन ।’

डेक्सामथासोन औषधिले विशेष गरेर भेन्टिलेटर र अक्सिजनको सपोर्टमा रहेका संक्रमितहरुलाई मात्र फाइदा गरिरहेको छ । तर सामान्य लक्षणका संक्रमितहरुमा यस औषधिले कुनै लाभ भएको छैन ।

डब्ल्युएचओका डाइरेक्टर जनरल टेड्रोस एडह्यानम घेब्रियेसुसले भने, यो पहिलो त्यस्तो ट्रिटमेन्ट हो, जसबाट अक्सिजन र भेन्टिलेटरको सपोर्टमा रहेका संक्रमितको मृत्युदरमा कमी आएको छ ।

यो एकदमै राम्रो खबर हो । म बेलायत सरकार, अक्सफोर्ड यूनिभर्सिटी र अन्य मानिसहरुलाई बधाई दिन्छु । ट्रायलको बेला यो कुरा पत्ता लागेको थियो कि, यो औषधिको प्रयोपछि भेन्टिलेटरमा रहेका संक्रमितको मृत्युदर एक तिहाईले घटेको थियो ।

जो संक्रमितलाई अक्सिजनको स्प्लाई आवश्यक हुन्छ, उनीहरुमध्ये औषधीको प्रयोगपछि मृत्युको खतरा १,५ ले घटेको छ । रिसर्चर्सहरुको दाबी छ कि, यदि यो औषधि बेलायतमा पहिल्यै उपलब्ध भएको भए ५ हजार मानिसको ज्यान बच्थ्यो ।