अब जीमेल एपबाटै भिडियो कन्फेरेन्सिङ एप गूगल मिट प्रयोग गर्न सकिने

अब जीमेल एपबाटै भिडियो कन्फेरेन्सिङ एप गूगल मिट प्रयोग गर्न सकिने

भिडियो कन्फेरेन्सिङ एप गूगल मिट प्रयोग गर्न मोबाइलमा अब छुटै एप डाउनलोड गर्नु नपर्ने भएको छ । यसको लागि गूगलले जीमेल एपमा गूगल मिटलाई एकीकृत गर्ने भएको छ ।

मोबाइलबाटै मिटको प्रयोग गर्न जीमेल एप भित्र मिटको नयाँ ट्याब चाँडै उपलब्ध हुनेछ । मिटको उक्त ट्याबबाट मिटिङमा सहभागी हुन र गूगल क्यालेन्डरमा गएर सेड्युलमा रहेको मिटिङ हेर्न सकिनेछ ।  

उक्त ट्याबबाट नयाँ मिटिङको सुरुवात गर्न र शेयरको लागि नयाँ लिङ्क जेनेरेट गर्न तथा मिटिङ सेड्युल गर्न सकिन्छ । 

आउँदो हप्ताबाट जीमेलको यो फिचर सबैको लागि उपलब्ध हुनेछ । यो फिचर वेब भर्सनमा भने पहिलेनै उपलब्ध भइसकेको छ ।