‘हाम्रो रिचार्ज’ नामक वेब एप्लिकेसन सार्वजनिक, यसरी प्रयोग गर्नुहोस हाम्रो रिचार्ज

‘हाम्रो रिचार्ज’ नामक वेब एप्लिकेसन सार्वजनिक, यसरी प्रयोग गर्नुहोस हाम्रो रिचार्ज

नेपालको लोकप्रिय एप हाम्रो पात्रोले ‘हाम्रो रिचार्ज’ नामक वेब एप्लिकेसन सार्वजनिक गरेको छ । विदेशमा रहेका नेपालीलाई लक्षित गरी हाम्रो पात्रोले हाम्रो रिचार्ज नामक वेब पोर्टलको सुरुवात गरेको हो । 

अब यसबाट सजिलै र सुरक्षित तरिकाले आफ्ना साथिभाई तथा परिवारको मोबाइलमा रिचार्ज गर्न सकिने छ । हाम्रो रिचार्ज वेबसाइटबाट अहिले नेपाल टेलिकमको प्रिपेड तथा पोष्टपेड, एनसेल र स्मार्ट सेलका नम्बरहरुमा रिचार्ज गर्न सकिने छ । 

यसरी प्रयोग गर्नुहोस हाम्रो रिचार्ज

हाम्रो रिचार्जबाट मोबाइल नम्बरमा रिचार्ज गर्नको लागि सबैभन्दा पहिले यहाँ क्लिक गर्नुहोस । त्यसपछि आफ्नो मोबाइल नम्बर राखि उक्त नम्बरमा कति ब्यालेस टपअप वा पठाउनु पर्ने हो त्यो छनौट गर्नुहोस । 

छनौट गरेपछि टपअप प्रक्रियालाई अगाडी बढाउनको आफ्नो फेसबुक वा जीमेल अकाउन्टबाट लगइन गर्नुहोस । लगइन गरेपछि तपाईको अर्डर रिभ्यू हुन्छ ।

त्यसपछि डेबिट वा क्रेडिट कार्डको जानकारी राखेर (भिजा, मास्टरकार्ड, अमेरिकन एक्सप्रेस, युनियन पे) सजिलै रिचार्ज गर्न सकिने छ ।