वासिङ मेशीनमा बच्चा पसेपछि...

वासिङ मेशीनमा बच्चा पसेपछि...

साना बालबालिका सम्हाल्न धेरै गाह्रो काम हो । एक मिनेट तपाइँले नजर हटाउँदा कुनै पनि अफ्ठ्यारो परिस्थिति उत्पन्न हुनसक्छ । भारतको बैगलुर स्थित एक गाउँमा दुई वर्षकी बालिका वासिङ मेशीनमा फसेकी छिन् ।

अभिभावक आत्तिएर वासिङ मेशीनको ढकननै काटिदिएका छन् ।परिवारका सबै सदस्यहरु काममा व्यस्त भएको समयमा मेशीनको ढकन खुल्ला भएकोले बच्ची मेशीन भित्र फसेकी हुन् ।

उनलाई निकाल्न धेरै प्रयास गरेपनि नभएपछि मेशीनको ढकन नै काटेका हुन् । आधा घण्टासम्म वासिङ मेशीन भित्र बसेकी बालिकाको सुरक्षित उद्धार गरीएको थियो ।