बुङगलमा मोवाईल नेटवर्क नियमित नहुँदा सेवाग्राही मार्कामा

बुङगलमा मोवाईल नेटवर्क नियमित नहुँदा सेवाग्राही मार्कामा

बझाङ : बझाङको बुंगल नगरपालिकामा टेलीफोन सेवा नियमित नहुँदा समस्या हुने गरेको स्थानीयले गुनासो गरेका छन् । नगरपालिकालाई संचारको पहुँचमा ल्याउनका लागि नेपाल टेलिकमले तीन वर्ष अघि बुंगल नगरपालिका वडा नम्बर १० को तुमेडा डाँडामा टावर निमार्ण गरी सेवा सुरु गरेको थियो ।

टावर निमार्ण संगै सेवा सूचारु भए पछि बुङगलवासी सञ्चार सँग जोडिन पाँउदा खुसी भए । अहिले नगरपालिकाका अन्य ठाँउमा पनि टावर निमार्ण भई सेवा सुचारु भएको छ । तर उक्त टावरहरुले दीगो रुपमा काम गर्न नसके पछि समस्या भएको बुङगल नगरपालिका वडा नं ४ विजगडाका अक्कल कुँवरले बताए ।

उनले भने घाम लागेको दिन मात्रै एक दुई घण्टा नेटवर्क आउछ । पानी प¥यो कि नेटवर्क जाने गर्छ । सदरमुकाम चैनपुरमा नेपाल टेलिकमले फोर जी सञ्चालन गरि सक्यो भन्ने सुनेको छु । हामीलाई भने फोन गर्न पनि समस्या छ । नेपाल टेलीकमले चैत महिनामा जिल्ला सदरमुकाम चैनपुरमा फोर जी सेवा सञ्चालनमा ल्याएको हो । 

नेटवर्कले काम नगर्दा गाँउमा कोही सुत्केरी, घाइते, अथवा विरामी हुँर्दा स्वास्थ्यकर्मीहरु तथा सवारी चालकलाई बोलाउनका लागि मान्छे नै पठाउनु पर्ने अवस्था कायमै रहेको बुङगल नगरपालिका वडा नं ५ का कमल धामीको भनाई छ ।

फोर जी को जमानामा बुंगल नगरपालिकामा भने एक कल फोन गर्नै समस्या हुने गरेको छ । यो विषयमा जनप्रतिनिधि हरुको ध्यान नपुगेको उनकोे आरोप छ । चुनावको मुख्य एजेन्डा लिने गरेका जिल्लाका सांसदहरुलाई बेला बेलामा आफ्नो समस्या दर्साउदा पनि अहिलेसम्म बुङगलको मोवाईल नेटवर्कको विषयमा कुनै चासो नदिएको उनको भनाई छ ।

टेलिफोन सेवा अनियमित हुँदा कार्यालयका कामकाज पनि प्रभावित हुने गरेको बुंगल नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत बहादुर रोकायाले बताए । उनले भने नेटवर्कले काम नगर्दा अफिसको सामान्य कामका लागि समेत सदरमुकाम चैनपुर पुग्नु पर्ने अवस्था छ ।

नेटवर्क नहुँदा काममा ढिलाई हुनुका साथै निकै सास्ती हुने गरेको छ । सदरमुकाम चैनपुर बाहेक अन्य ग्रामीण बस्तीहरुमा पनि टेलिफोनको नेटवर्क नहुँदा निकै समस्या हुने गरेको छ । बझाङ सदरमुकाम चैनपुरमै पनि विहान बेलुका समय–समयमा नेटवर्क आउने जाने गरेको छ । 
बझाङ जिल्लामा संचालित टेलिकमका टावरहरु सौर्यउर्जामा आधारित भएका कारण घाम नलागे

सोलारका ब्याट्री चार्ज हुन नपाउने हुँदा यस्तो समस्या आउने गरेको नेपाल दुरसंचार कार्यालय बझाङले जनाएको छ । टावरहरुमा व्याट्री फेर्ने काम सुरु भई सकेकोले अबको एक महिना भित्र समस्या समाधान हुने टेलिकमले जनाएको छ ।