मण्डलको 'सुसाइड नोट' प्रति युनाइटेड इन्स्योरेन्स कम्पनिको विज्ञप्ति, चित्त नबुझे कानुनी उपचारका लागी परामर्श !

मण्डलको 'सुसाइड नोट' प्रति युनाइटेड इन्स्योरेन्स कम्पनिको विज्ञप्ति, चित्त नबुझे कानुनी उपचारका लागी परामर्श !

धनगढी : धनगढीमा रहेको निहारीका मोबाइल सपका सञ्चालक सन्तोष मण्डलले शनिबार राती सार्वजनिक गरेको सुसाईड नोटप्रति यूनाइटेड इन्स्योरेन्स कम्पनि लिमिटेडले ध्यानाकर्षण सहितको विज्ञप्ति जारी गरेको छ ।

सोमबार विज्ञप्ति निकाल्दै यूनाइटेड इन्स्योरेन्स कम्पनि लिमिटेडले समाजिक सञ्जालबाट सार्वजनिक गरिएको उक्त अभिव्यक्तिप्रति ध्याकर्षण जनाएको हो । बीमितको बीमांक रकम रु २२ लाख रहेको छ । बीमितले नै पेश गरेको स्टक विवरण अनुसार घटनाका बखत उक्त पसलको स्टक मौज्दात रु. ६६ लाख ७० हजार तीन सय २९ रुपैँया देखिएको छ । यसरी बीमितको बीमांक रुकम, घटना हुँदाको बदत देखिन आएको स्टक मौज्दातको ३३ प्रतिशत मात्र रहेको देखिन्छ । बीमाको सर्वमान्य सिद्धान्त अनुसार बीमितको बीमांक रुकम पसलमा रहेको मौज्दात विवरणमा देखिएको ६६ लाख ७० हजार तीन सय २९ नै हुनुपर्ने हो, जारी गरिउको विज्ञप्तिमा भनिएको छ । 

त्यस्तै बीमित सन्तोष मण्डलले दाबी गरेको रकम भन्दा कम पाउनुको कारण खुलाउँदै यूनाइटेड इन्स्योरेन्स कम्पनि लिमिटेडले बीमितको बीमांक रकम रु. २२ लाख हुनुपर्ने बिमांक रकम ६६ लाख ७७ हजार तीन सय २९ को ३३ प्रतिशत मात्र रहेकोले सोही बमोजिम खुद मुल्यांकन रकम कुल मूल्यांकन रकमको ३३ प्रतिशत मात्र अर्थात रु. ६ लाख ४८ हजार ३१० रुपैँया ३० पैसा हुन आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

उक्त घटनामा बीमा कम्पनिले बीमा ऐन तथा नियमावली, बीमा समितिबाट जारी भएको नीति निर्देशनहरुको अधिनमा रहि स्वतन्त्र सर्भेयरबाट आएको रिपोर्टका आधारमा क्षतिपुर्तिको रकम तोकेको यूनाइटेड इन्स्योरेन्स कम्पनि लिमिटेड धनगढी शाखाका शाखा प्रमुद पुस्कर बहादुर मल्लले बताउनुभयो । 

अझैपनि बीमा कम्पनिले गरेको निर्णयमा चित्त नबुझेको खण्डमा बीमित सन्तोष मण्डललाई नियामक निकाय श्री बीमा समितिमा उजुर गर्न सक्ने अधिकार सुरक्षित रहेको विज्ञप्तिमा भनिएको छ । त्यस्तै उक्त घटनामा बीमितले कम्पनीको प्रतिष्ठामा आँच पुर्याउने गरि डर, धम्की दिएको प्रति यूनाइटेड इन्स्योरेन्स कम्पनि लिमिटेड ध्यानाकर्षण जनाएको छ ।