लकडाउनमा थन्क्याइएका गाडी चलाउनुअघि यी कुरामा ध्यान दिनुहोस्

लकडाउनमा थन्क्याइएका गाडी चलाउनुअघि यी कुरामा ध्यान दिनुहोस्

कोरोना भाइरसको प्रकोपको कारण अहिले विश्व नै आक्रान्त भइरहेको छ । नेपालमा पनि सङ्क्रमणको अवस्थालाई ध्यानमा राखी लकडाउन गरियो र लकडाउनको ​मोडालिटीमा केही परिर्वतन भएपछि निजी गाडीहरु जोर र बिजोर नम्बर प्लेटको आधारमा चल्न थालेका छन् ।

सार्वजनिक गाडी पनि अब चलाउने तयारी भइरहेको छ । यसरी लामो समयसम्म पार्किङमा थन्क्याइएका गाडी चलाइहाल्ने अवस्थाका हुँदैनन् । लामो समयसम्म पार्किङ गरेर राखेको गाडी चलाउनुभन्दा अगाडि राम्रोसँग जाँच गर्नुपर्छ ।

लकडाउनपछि गाडी चलाउनुअघि ​सिप्रदी ट्रेडिङ प्रालीले दिएका १० सुझाव : 

१. कोरोना भाइरस फैलिन नदिन गाडीलाई स्यानिटाइज गर्ने ।

२. बाह्य वस्तुको प्रवेशबाट हुन सक्ने सम्भावित खतराको लागि एयर इनटेक प्रणालीको जाँच गरौँ । 

३. इन्टर कुलर तथा रेडियटरमा कतै लिकेज भएको छ कि ? जाँच गरौँ ।

४. गाडीको ब्याट्रीको अवस्था जाँच गरौँ र यदि चार्ज नभएमा चार्जिङ स्टेशनमा लगेर चार्ज गरौँ ।

 ५. पावर स्टेरिङ पम्प, कन्टेनर र हाइड्रोलिक आयलको लेभल तथा लिकेज जाँच गरौँ ।

६. कुलेन्टको लेभललाई चेक गर्नुहोस् र यदि कम भएमा अधिकतम लेभलसम्म पुग्ने गरी थप गर्नुहोस् ।

७. रबर पाइप तथा होजहरुको अवस्था चेक गर्नुहोस् ।

८. टायरको अवस्था चेक गर्नुहोस् र सही टायर प्रेसरलाई कायम राख्नुहोस् ।

९. डीप स्टिकले इन्जिन आयलको लेभल चेक गरौँ र यदि कम भएमा थप गरौँ । इन्जिन आयलको लेभल चेक गर्दा गाडी समान सतहमा हुनुपर्छ ।

१०. गाडीको इन्जिन स्टार्ट गरी कुनै असामान्य आवाज छ कि चेक गरौँ । गाडी स्टार्ट गरेको केही समयसम्म आरपीएम बढाउनु हुँदैन तथा इन्जिन बन्द गर्ने बेलामा पनि आरपीएम बढाउनु हुँदैन ।