धनगढीमा एमसीसी विरुद्ध आन्दोलन, स्वाभिमान भुलेर एमसीसीमा हस्ताक्षर गर्नेका हातैमा किरा परुन् !

धनगढीमा एमसीसी विरुद्ध आन्दोलन, स्वाभिमान भुलेर एमसीसीमा हस्ताक्षर गर्नेका हातैमा किरा परुन् !

धनगढी : धनगढीमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध किरा आन्दोलन गरिएको छ। युवाहरुको सहयोगमा बोलन्या थलीले एमसीसी विरुद्ध किरा आन्दोलन सुरु गरेको हो। एमसीसी राष्ट्र र नेपालीको हित विपरित भएका कारण विरोध गर्नुपरेको बोलन्या थलीका संयोजक यादव जोशीले बताए।

उक्त विधेयक पास गर्नका लागि हस्ताक्षर गर्ने सांसदहरुको हातमा किरा परुन भनेर यो आन्दोलनको सुरुवात गरिएको उनले बताए । आज पहिलो दिन १२ प्रजातिका किरासहित धनगढीको क्याम्पस चोकमा प्रर्दशन गरिएको जोशीले जानकारी दिए ।