अमेरिकामा कोरोना भाइरसका कारण एकैदिन ८६३ जनाभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो समय भने मृत्यु हुनेको संख्यामा ह्वात्तै कमी आएको छ। तर, संक्रमितको संख्या भने झन् बढ्न थालेको छ । अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख २३ हजार ४७३ पुगेको छ ।
त्यस्तै सोमबार ३६ हजार बढी संक्रमित फेला परेका छन् । हालसम्म अमेरिकामा संक्रमितको संख्या २४ लाख २४ हजारभन्दा बढी पुगेको छ ।
१० लाख २० हजारभन्दा बढी संक्रमित उपचारपछि घर फर्किएका छन् । झण्डै १७ हजारको अवस्था गम्भीर रहेको छ ।