बझाङ : बझाङका दुई वटा स्थानीय तहमा बैंक नहुँदा सेवाग्राही मार्कामा परेका छन । बझाङको साइपाल र थलारा गाउँपालिकामा अझै पनि बैंक स्थापना हुन सकेको छैन । बैक स्थापना नभए पछि स्थानीय, सर्वसाधारण, स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई समस्या परेको छ ।
स्थानिय तहमा बैंक नभएका कारण गाउँपालिकाकोे हरेक आर्थिक कारोबारका लागि सदरमुकाम आउनै पर्ने बाध्यता स्थानिय तहका सेवाग्राहि हरुको रहेको छ । यस अघि बझाङका अन्य पालीकाहरुमा बैक स्थापना भई गाँउपालिकाको कारोवार भैरहेको भए पनि थलारा र साईपाल गाँउपालिकामा अझै सम्म हुन सकेको छैन ।
स्थानिय तहमा बैंक नभएका कारण बैकिंङ कारोबारका लागि सदरमुकाम धाउनु बाध्यता रहेको थलारा गाँउपालिकाका लोकेन्द्र विष्टले बताए । आर्थिक बर्षको समाप्ती संगै पालीका बाट लिनुपर्ने विभिन्न योजनाका भुक्तानीका लागी चेक बोकेर सदरमुकाम चैनपुर धाउनु परेको छ ।
उनले भने कार्यालयको सानो सानो काम पनि बैक मार्फत नै हुन्छ । दश पन्ध्र हजार भुक्तानी पाउनका लागी तीन हजार खर्च गरि एक दिनको वास बसेर ल्याउनु पर्ने बाध्यता छ । गाँउपालिकामा बैक छैन । योजनाको भुक्तानीका लागी सदरमुकाम जानु पर्छ । योजनाको खाता संचालन गर्दा पनि दुई देखि तीन जना जानु पर्छ । यसरी सदरमुकाम संम्म पुग्नु पर्दा खर्च पनि बढी हुन्छ ।
स्थानिय तहमा बैक नहुँदा आफुहरु मार्कामा परेको उनको भनाई छ । बैक टाढा हुँदा खर्च पनि बढि लाग्ने र समितिको चेकमा सामान्य गल्ती भए सेवाग्राहीले समेत दुःख पाउने गरेको साईपाल गाँउपालिका का गोरख बोहराले बताए । उनले भने कति पय योजनाको रकम पनि सानो हुन्छ ।
बैक खाता दुइृ जनाको नाममा खोल्नु पर्ने प्रावधान हुदाँ खाता संचालन र रकम भुक्तानीका लागी जाँदा गाडि भाडा र खाना खर्चमै रकम सकिने सम्भावना हुन्छ । गाँउपालिका बाट सदरमुकाम पुग्न ५ दिन लाग्छ । बैकमा भिड हुँदा पुगेकै दिन चेक साटिदैन । अर्को दिन पर्खनु पर्ने हुन्छ ।
स्थानिय तहमा बैक नहुँदा भुक्तानी भएको रकम सदरमुकाम बाट बोकेर लैजानु पर्ने हुँदा बाटोमा लुटिने डर रहेको उनको भनाई छ । आर्थिक बर्ष सकिन लाग्दा जिल्लाका विभिन्न स्थानिय तहहरुले सम्पन्न भएका योजनाहरुको भुक्तानी सुरु गरेको छ ।
स्थानीय सरकारको संरचना निर्माण भएपछि नेपाल राष्ट्र बैंकले शाखा पुग्न नसकेका स्थानीय तहमा वाणिज्य बैंकको शाखा खोल्ने नीति लिएको थियो । वित्तीय गतिविधि सञ्चालन र स्थानीय क्षेत्रको वित्तीय पहुँच विस्तारको लागि भन्दै दुई वर्ष अघि नै प्रत्येक तहमा बैंकको शाखा खोलि सक्ने लक्ष्य लिइए पनि चालु आर्थिक वर्ष सम्म पनि दुई स्थानिय तहमा बैक स्थापना हुन सकेको छैन ।