१६ वर्षीया टिकटक स्टार सिया कक्करले किन गरिन आत्महत्या ?

१६ वर्षीया टिकटक स्टार सिया कक्करले किन गरिन आत्महत्या ?

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याको खबर सेलाउन नपाउँदै १६ वर्षीया भारतीय टिकटक स्टार सिया कक्करले बिहीबार आत्महत्या गरेकी छिन्।

सियाले किन आत्महत्या गरेकी हुन भन्‍ने अहिलेसम्‍म खुलेको छैन। उनको आत्महत्यामाथि प्रहरीले अनुसन्धान गरिरहेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। सिया दिल्लीमा बस्दै आएकी थिइन्।

भारतीय सञ्‍चार माध्‍यमका अनुसार सियाले आत्महत्याको एकरात पहिले आफ्नो म्यासेन्जरमा अर्जुन सरिनसँग कुरा गरेकी थिइन्। अर्जुनका अनुसार उनले सियाको एउटा गीतको बारेमा कुरा गरेकी थिइन्।

अर्जुनले भनेका छन्, ‘सिया त्यो समय राम्रैसँग कुरा गरिरहेकी थिइन्। साथै उनी कति पनि आत्तिएकी थिइनन्।’ अर्जुनले आफू पनि सियाले किन आत्महत्या गरिन् भन्नेबारे आश्चर्यमा परेको बताएका छन्।

सियाले आत्महत्या गर्नु केही घण्टाअघि आफ्नो इन्स्टाग्राम स्टोरीमा आफ्नो डान्स भिडियो शेयर गरेकी थिइन्। टिकटक र इन्स्ट्राग्राममा उनका ठूलो संख्यामा उनको फलोअर्स थिए।