कोरोनाभाइरसबाट विश्वमा चार लाख ९६ हजारभन्दा बढीको मृत्यु

कोरोनाभाइरसबाट विश्वमा चार लाख ९६ हजारभन्दा बढीको मृत्यु

कोरोनाभाइरस (कोभिड १९०) बाट विश्वभर मृत्यु हुने मानिसको सङ्ख्या चार लाख ९६ हजार ७९६ पुगेको छ । साथै विश्वभर ९९ लाख ३ हजार ७७७ जना सङ्क्रमित भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।


कोरोनाभाइरसका कारण बिरामी भएका ५३ लाख ५७ हजार १५४ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस सङ्क्रमित करिब ३९ लाख ७३ हजार ५२७ व्यक्ति उपचाररत रहेका छन् । सङ्क्रमितहरुमा ५७ हजार ६४३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २५ लाख ५२ हजार ९५६ जनामा कोरोनाभाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख २७ हजार ६४० व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा १९ लाख ८६ हजार २०१ जनाभन्दा बढी कोरोनाभाइरस सङ्क्रमित रहेका छन् । यहाँ ७७ हजार ८८८ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २९ लाख १९ हजार ७२५ जना कोरोनाभाइरस सङ्क्रमित रहेका छन् । उत्तर अमेरिकामा लाख ६३ हजार १६४ जनाको मृत्यु भएको छ ।

युरोपमा २३ लाख ७३ हजार २०३ जना कोरोनाभाइरस सङ्क्रमित रहेका छन् भने एक लाख ८९ हजार ५०३ को मृत्यु भएको छ । एसियामा २० लाख ७७ हजार ११९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ५२ हजार ९१ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा तीन लाख ५० हजार ८६० जनामा कोरोनाभाइरस संक्रमण रहेको छ भने ९ हजार १०४ जनाको मृत्यु भएको छ । ओसियानामा नौ हजार २२४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२६ जनाको मृत्यु भएको छ ।