एमसीसीमा मतदान नगर्न भैरव सिंहलाई विप्लव समुहको चेतावनी

एमसीसीमा मतदान नगर्न भैरव सिंहलाई विप्लव समुहको चेतावनी

बझाङ : बझाङ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रतिनिधि सभा सदस्य भैरव बहादुर सिंह लाई जन कारबाही गर्ने चेतावनी दिएको छ । आफ्नो पार्टी लामो समय देखि राष्ट्रियता, प्रजातन्त्र, र जनजिविकाको पक्षमा राष्ट्रघात, दलाल र भ्रष्टाचारका विरुद्ध निरनतर संघर्ष गर्दै आएकाले राष्ट्रघाती सन्धी एमसीसीको पक्षमा नबोल्न आग्रह गरिएको छ ।

बझाङ जिल्ला बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गरिरहेका सिंह लाई नेकपा जिल्ला कमिटीको तर्फबाट विप्लव समूहका कार्यकर्ताले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को पक्षमा मतदान नर्गन सुझाव दिएका छन ।

पत्रमा लेखिएको छ हाल एमसीसी संसद बाट पारीत गराउने अन्तीम तयारी भईरहेको ले बझाङगी जनताको भावनाका विरुद्ध गएर एमसीसीको पक्षमा मतदान नर्गन आग्रह गरेका छन । यदि जनताको भावनाका विरुद्ध गएर एमसीसीको पक्षमा मतदान गरे जिल्ला प्रवेशमा रोक लगाई जनस्तर बाटै बहिष्कार गरी जनकारबाही गर्ने चेतावनी दिएका हुन् ।