उमादेवी वादी : बिबिसीको उत्प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा

उमादेवी वादी : बिबिसीको उत्प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा

काठमाण्डौ : सुदूरपश्चिम प्रदेशकी सांसद उमादेवी वादी बेलायती प्रसारण संस्था (बिबिसी)को उत्प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा पर्नुभएको छ । ]

आज सार्वजनिक १०० महिलाको सूचीमा वादी अटाउनुभएको हो । यो कुरा सुन्दा एकदमै खुसी लागेको उहाले बताउनुभयो । ५४ वर्षीया वादी गत प्रदेश सभा चुनावमा नेपाली कांग्रेसबाट समानुपातिकमा सांसद बन्नुभएको हो । ]

बिबिसीले उहाँलाई अछुत भनिएको वादी समुदायबारेको मानसिकता परिवर्तन गर्न लागेकी भनेर परिचय दिएको छ ।

बिबिसीले हरेक वर्ष १०० जना उत्प्रेरणादायी र प्रभावशाली महिलाको सूची सार्वजनिक गर्छ । उनीहरूको जीवन कथा बिबिसीले टेलिभिजन, रेडियो र अनलाइनमा प्रसारण गर्छ ।