फेसबुकले दियो चेतावनी, अब यस्तो पोस्ट शेयर गर्न नपाइने !

फेसबुकले दियो चेतावनी, अब यस्तो पोस्ट शेयर गर्न नपाइने !

फेसबुकले आफ्नो नियम विपरित आएका सबै पोस्टलाई हटाउने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पोस्टसहित सबै नेताहरुको समाचारको श्रेणीमा आउने सबै पोस्टमाथि आफ्नो नियम भन्दा विपरित भए हटाउने चेतावनी दिएको हो ।

विशेष गरेर फेसबुकमा आन्दोलन भड्काउने किसिमका भाषण र विभिन्न आरोपहरु लगाएमा बेन एण्ड जेरी तथा डोभ जस्ता ब्राण्ड दिने युरोपीय कम्पनी यूनिलिभरले यस वर्षको अन्तिमसम्ममा फेसबुकका विज्ञापन बहिष्कार गर्ने घोषणा गरेको थियो ।

जसका कारण फेसबुकको शेयरमा ८ प्रतिशतले गिरावट आएको थियो । यस कम्पनी भन्दा पछि कोका कोलाले पनि थोरैमा ३० दिनसम्म फेसबुक बहिष्कारको घोषणा गरेको थियो ।

फेसबुकका सिइओ मार्क जुकरवर्गले ट्रम्पका केहि विवादित पोस्टको विरुद्ध कारवाही गर्ने बताएको थियो । ट्वीटरले पनि विवादित कुराहरु पोस्ट गर्न नपाउने चेतावनी दिएको थियो । फेसबुकले पेजको बारेमा नयाँ नीति बनाउने बताएको छ ।

फेसबुकका सिईओ जुकरवर्गले भ्रामक जानकारी र विवादित कुराहरु सम्बन्धिका पोस्टहरु अब नराखिने बताएका छन् ।