जन्मदिनको अवसरमा नेकपा नेतृ शाह द्धारा डिआइजी सुवेदीलाई स्वास्थ सामाग्री हस्तान्तरण

जन्मदिनको अवसरमा  नेकपा नेतृ शाह द्धारा डिआइजी सुवेदीलाई स्वास्थ सामाग्री हस्तान्तरण

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ लक्ष्मी शाह (प्रतिक्षा) ले नेपाल प्रहरीका लागी स्वास्थ सामाग्री हस्तान्तरण गरेकी छन् । 
जन्मदिनको अवसरमा शाहले कोरोना विरुद्धको अभियानमा अग्रमोर्चामा रहेर कार्यरत नेपाल प्रहरीलाई स्वास्थ सामाग्री प्रदान गरेकी हुन । 
नेकपा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य समेत रहेकी शाहले आइतवार सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक उत्तमराज सुवेदीलाई स्वास्थ सामाग्री अन्तरगत महिला प्रहरीका लागी १६ सय थान सेनेटरी प्याड र अग्रमोर्चामा रहेर काम गरिरहेका प्रहरीहरुका लागी १३ सय थान सर्जिकल मास्क प्रदान गरेकी हुन ।  


कोरोनाको महामारी बाट विश्व नै आक्रान्त भएको अवस्थामा नेपाल प्रहरीले गरिरहेको कार्यको प्रशंसा गर्दै नेतृ शाहले थोरै भए आफ्नो तर्फवाट नेपाल प्रहरीलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरेकी छिन् । कोरोना नियन्त्रणको यो अभियानमा सबै जना साथमा भएर लाग्नपर्नेमा नेतृ शाहको जोड रहेको थियो ।

 स्वास्थ सामाग्री हस्तान्तरण पछि धन्यावाद ज्ञापन गर्दै प्रहरी प्रमुख सुवेदीले प्रहरीको मनोवल बढाउने गरि गरिएको कार्यप्रती धन्यवाद व्यक्त गरेका छन् । 
स्वास्थ सामाग्री हस्तान्तरण कार्यक्रममा नेकपाका प्रदेश सचिव नेप बहादुर चौधरी, नेकपाका कैलाली अध्यक्ष तथा प्रदेश सभा सदस्य रतन थापा, राष्ट्रीय योजना आयोगका पुर्व सदस्य विजय कुवँर, नेकपाका नेता रणबहादुर चन्द, राष्ट्रीय युवा संघका कैलाली अध्यक्ष राजु बम कैलाली उद्योग वाणिज्य संघ, कैलाली की सदस्य राधिका चौधरी लगायतका नेताहरुको सहभागीता रहेको थियो ।