५३ वर्षमा ट्रक चलाउने महिला

५३ वर्षमा ट्रक चलाउने महिला

पचास वर्ष काटेमा धेरै मानिसहरु रिटायरमेन्टको बारेमा सोच्न थाल्छन् । तर पाकिस्तानको एक महिला शाहमीन अख्तरले ५३ वर्षको उमेरमा पनि ट्रक चलाउछिन् ।

उनी देशको नै पहिलो महिला ट्रक चालक हुन् । उनी जस्तो महिला ट्रक चालक हुनु पाकिस्तानको गौरवको कुरा हो । पाकिस्तानमा उनी मात्र यस्तो महिला हुन जोसँग ठुला सवारी चलाउने लाइसेन्स छ ।

उनी पाँच सन्तानकी आमा हुन् । चालक हुनु अगाडी उनले कपडा सिलाउन सिकाउने शिक्षक थिइन् । स्कुल बन्द भएसँगै लाइसेन्स प्राप्त गरीन् ।

उनले इस्लामबाद बाट रावलपिंडीको बीचमा ट्रक चलाउँछिन् । उनले ५३ वर्षको उमेरमा ड्राइभिङ स्कुल पनि खोलेर सिकाउदै आएकी छिन् । शाहमीनलाई छिमेकीले महिला होइन पुरुषको नजरले हेर्ने गरेका छन् । उनी हाल छुटेको पढाई निरन्तर गर्ने तयारीमा छिन् ।