सुरक्षाकर्मीसँगको मुठभेटमा ३ आतंककारीको मृत्यु

सुरक्षाकर्मीसँगको मुठभेटमा ३ आतंककारीको मृत्यु

भारतको जम्मु तथा कश्मीरमा सुरक्षाकर्मीसँगको मुठभेटमा ३ आतंककारीको मृत्यु भएको छ । सोमबार भएको मुठभेटमा परिचय नखुलेका ती आतंककारीको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन । 

कश्मीरको दक्षिणी जिल्लामा सुरक्षाकर्मीले गरेको खोजी अपरेशनमा आतंककारीसँग मुठभेट भएको प्रहरीले जनाएको छ । अपरेशनका क्रममा आतंककारी समूहले गोली चलाएपछि जवाफमा सुरक्षाकर्मीले पनि गोली चलाएको हो । बिहान साढे ६ बजेसम्म पनि गोली हानाहान भएको प्रहरीले बताएको छ ।

सो मुठभेटमा एक एके–४७ राइफल र दुई पेस्टोल बरामद भएको भारतीय सेनाले जनाएको छ ।