भारतमा टिकटक प्रतिबन्ध

भारतमा टिकटक प्रतिबन्ध

भारत र चीनबीच सीमा विवादका कारण सम्बन्धमा दरारहरु पैदा भएका छन् । भारतमा पछिल्लो समय चिनियाँ सामाग्रीहरुलाई प्रतिबन्ध लगाउने ट्रेण्ड नै चलेको छ । उता भारत सरकारले चिनियाँ एपहरुमा पनि प्रतिबन्ध लगाएको छ । मिडिया रिपोर्टका अनुसार भारतले टिकटकसहित दर्जनौँ चिनियाँ एपहरुमा प्रतिबन्ध लगाएको छ ।

राष्ट्रिय सुरक्षाको कारण देखाउँदै भारत सरकारले ती एपहरुमा प्रतिबन्ध लगाएको बताएको छ । मिडिया रिपोर्टका अनुसार भारत सरकारले ५९ वटा चिनियाँ एपहरुमा प्रतिबन्ध लगाएको छ ।

त्यस्तै अर्को चर्चित एप विच्याट पनि प्रतिबन्ध भएको छ । लद्दाखमा भएको घटनापछि दुई देशको सम्बन्धमा सुधार आउने संकेतहरु नदेखिएको अधिकारीहरुले जनाएका छन् । लद्दाखमा भएको झडपमा परी २० जना भारतीय सेनाको ज्यान गएको थियो ।