बुङगल नगरपालिकामा एकै दिन २५ जनामा देखियो कोरोना

बुङगल नगरपालिकामा एकै दिन २५ जनामा देखियो कोरोना

बझाङ : बझाङमा विहिवार एकै दिन ३५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । यो संगै जिल्ला भित्र कोरोना संक्रमितको संख्या १ सय २५ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु मा गरिएको पीसीआर परीक्षणमा बुङगल नगरपालिका ९ महिला र १६ पुरुष गरी २५ जना, खप्तडछान्ना गाँउपालिकाका ३ महिला र ३ पुरुष गरी ६ जना र जयपृथ्वीकामा १ महिला र ३ पुरुष गरी एकै दिन ३५ जनामा कोरोना संक्रमण देखिएको हो ।

हाल सम्म जिल्ला भरी ३४ जना महिला र ९१ जना पुरुष गरेर जम्मा १ सय २५ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालयका कोरोना सम्पर्क व्यक्ति नारायण जोशिले बताए । कोरोना संक्रमण देखिएकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र कोरोनाका लक्षण देखिएको छैन ।

जोशीका अनुसार बुङगल नगरपालिका बाट १६ जना, वित्थडचिर गाँउपालिका बाट ३ जना र खप्तडछान्ना गाँउपालिका बाट ६ जना कोरोना जितेर घर फर्किएका छन । अहिले सम्म सबै भन्दा बढी बुंगल नगरपालिकामा १८ जना महिला र ४४ जना पुरुष गरेर ६२ जनामा कोरोना पुष्टि भएको छ ।