नेपाल आएका धेरैजसो सलहको झुण्ड दाङ र प्युठानको आसपासमा

नेपाल आएका धेरैजसो सलहको झुण्ड दाङ र प्युठानको आसपासमा

नेपालमा आएका सलह किरामध्ये धेरैजसो झुण्ड दाङ र प्युठानको सेरोफोरोमा रहेको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।
अर्घाखाँचीमा गएको झुण्ड पनि प्युठानतर्फ नै मोडिएको केन्द्रले जनाएको छ । हावाको बहावका कारण ती झुण्ड सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रवेश गर्ने सम्भावना रहेको भन्दै केन्द्रले सचेतता अपनाउन आग्रह गरेको छ ।

गएको शनिबार नेपाल प्रवेश गरेको सलह विभिन्न झुण्डमा बाँडिएर काठमाण्डौ उपत्यकासहित देशका विभिन्न जिल्लामा पुगेका छन् । अन्यत्र गएका झुण्डमा थोरै सङ्ख्या रहेको र दाङ तथा प्युठानतर्फ गएको झुण्डमा धेरै सलह रहेकोले त्यस क्षेत्रमा धेरै क्षति हुने आँकलन गरिएको केन्द्रले जनाएको छ ।

यसैबीच भारतको उत्तर प्रदेशको इटवा क्षेत्रमा रहेका दुई वटा ठूला झुण्ड पनि नेपाल आउने सम्भावना रहेकोले थप सजगता अपाउनुपर्ने केन्द्रले जनाएको छ ।

ती दुई वटा झुण्ड तीन दिनभित्र भारतको फत्तेपुर आइपुग्ने सम्भावना रहेकोले त्यसपछि नेपाल आउने सम्भावना रहने भन्दै केन्द्रले तराई, भित्री मधेश र मध्य पहाडी क्षेत्रमा सजगता अपाउनुपर्ने जनाएको छ ।