सेति प्रादेशीक अस्पतालमा अस्तव्यस्त खाेप कार्यक्रम, सेवाग्राहीमा कोरोना त्रास

सेति प्रादेशीक अस्पतालमा अस्तव्यस्त खाेप कार्यक्रम, सेवाग्राहीमा कोरोना त्रास

धनगढी । धनगढिकाे सेति प्रादेशिक अस्पतालमा नवजात शिशु तथा बालबालिका खाेप लगाउन उचित व्यवस्थापन नगरिदा समस्या उत्पन्न भएकाे छ ।  अस्पतालमा खाेप लाउनेहरू बढेसँगै नवजात शिशु तथा बालबालिकामा विभिन्न प्रकारको रोग फैलने सम्भावना बढेको छ भने भाैतिक दुरी समेत कायम हुन सकेकाे छैन् । बर्षाकाे समय भएकाले घाम र पानीबाट बच्न ओत लाग्ने ठाउँ पनि नहुदाँ सेवाग्राहीलाई समस्या भएको छ । 

कोरोना भाइरसको कारण अस्पतालहरु कोरोनाको उपचारमा केन्द्रित भएपछि कोरोना भाइरस बाहेक बालबालिकामा गम्भीर रोग सहितका जोखिम अवस्था श्रृजना हुने भएको छ।

जन्मदेखि १५ महिनासम्मका बालबालिकामा नियमित रुपमा लगाइने विभिन्न प्रकारको खोपहरु समयमै नलगाउंदा र          त्यस तर्फ सम्बन्धीत निकायकाे ध्यान पुग्न नसक्दा बालबालिकामा विभिन्न प्रकारको रोग सहित मृत्यु समेत हुन सक्ने सम्भावना बढेको हो।

कोरोनाको प्रभाव बढेपछि नेपाल सरकारद्वारा गरिएको लकडाउन कार्यान्वन्य गराउने उद्देश्यले बालबालिकामा लगाइदै आएको खोप कार्यक्रम स्वास्थ्य मन्त्रालयद्वारा तत्कालका लागि अस्पताल तथा स्वास्थ्य संस्थामा बन्द गरियो। हाल याे सेवा शुरू गरिए पनि काेराेना जाेखीम बाट सुरक्षित बनाइ नवजात शिशुहरुको खोप लगाउने व्यवस्थापन गर्नु पर्नेमा त्याे भएको छैन।

जन्मदेखि १५ महिनासम्म विभिन्‍न खासगरी क्षयरोग सहितका विभिन्न रोगबाट बचाउन जन्मना साथ ४५ दिनभित्र शिशुलाई लगाइने बीसीजी र ९ महिना तथा १५ महिने बालबालिकामा लगाइने दादुरा रुबेला खोप समेत लकडाउनका कारण प्रभावित भए पछी यस क्षेत्रका सयौं नवजात शिशुमा गम्भीर असर पर्ने अवस्था देखिन्छ।

प्रादेशिक अस्पताल धनगढीमा मात्रै लकडाउन भएदेखि जन्मीएका शिशु  लाई समयमै क्षयरोग विरुद्धको बिसिजी खोप नलगाइए मुलुकलाई ठूलै मानवीय क्षति हुने सक्ने चिकित्सकहरुको बताउछन।

बीसीजी नलगाइए जन्मिने बच्चामा क्षयरोग लगायतक विभिन्न संक्रमणको सम्भावना हुन्छ भने दादुरा रुबेला खोप लगाइएन भने निमोनिया र डाइरिया लगायतका रोग लाग्ने सम्भावना बढी हुने वरिष्ठ बाल राग विशेषज्ञ डाक्टर माेहन साउँद बताउछन् ।

धनगढी स्थित माया मेट्राे अस्पतालमा कार्यरत डाक्टर साउँदका अनुसार नियमीत खोप बालबालिकामा नदिइए तिनीहरुमा इम्युनिटि पावर घटने जसको परिणाम स्वरुप बालबालिकाहरु विभिन्न रोगबाट ग्रसीत हुने र यसको कारण बालमृत्यु दर समेत बढने खतरा रहन्छ ।

तिव्ररूपमा कोरोनाको प्रभाव बढीरहेका बेला दुरी कायम गरि नियमीत खाेपकाे व्यवस्थापनका लागी सेती प्रादेशीक अस्पताल समयमै गम्भिरहुन जरूरी रहेकाे छ। यस बारेमा प्रतिकृया  लिन खाेज्दा सेती प्रादेशिक अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेय संग सम्पर्क हुन सकिएन । 

यस्ता छन् बालबालिकामा लगाइने नियमति खोप


१. वि.सि.जी :– यो खोप जन्मनसाथ लगाइन्छ। यसलाई एक डोज लगाए पुग्छ। यसले क्षयरोग विरुद्ध काम गर्छ। क्षयरोगका साथै भाइरल ज्वरो, श्वासप्रश्वास सम्बन्धी संक्रमण र शरीरको प्रतिरोधी क्षमतालाई मजबूत बनाउँछ।

२. डि.पि.टी/ हेपाटाइटिस बि.हिब:– यो खोप ६, १० र १४ हप्ताको उमेरमा लगाइन्छ। यो तीन पटक लगाउनुपर्छ। यसले भ्यागुते रोग, लहरे खोकी, धनुष्टांकार, हेपाटाइटिस बि, हेमाफिलस बिबाट हुने मेनिन्जाइटिस र निमोनियाबाट जोगाउँछ।

३. पि.सी.भी. :– यो खोप जन्मीएको ६ हप्ता, १० हप्ता र १४ हप्ताको उमेरमा दिइन्छ। यो खोप तीन पटक दिइन्छ। यसले निमोनियाबाट बचाउँछ।

४. पोलियो :– पोलियोको खोप ६, १० र १४ हप्ताको उमेरमा लगाइन्छ। यो तीन पटक दिइन्छ। यसले पोलियो माईलाइटिसबाट जोगाउँछ।

५. दादुरा रुबेला :–यो खोप जन्मीएको ९ महिना देखि एक वर्ष भित्रको उम्मेरमा दिइन्छ। यसले दादुरा, रुबेलाबाट जोगाउँछ।

६. टीडी-टीटी :– यो खोप गर्भवती महिलाहरुलाई दिइने गरिन्छ। यसले धनुष्टांकार र भ्यागुते रोगबाट बचाउँछ।

७. जे.ई :–यो खोप १२ महिना देखि २३ महिना सम्मका बालबालिकालाई दिइन्छ। यसले जापानिज इन्सेफलाइटिसबाट बचाउँछ।