पानी बोक्ने ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिदा एक युवकको मृत्यु

पानी बोक्ने ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिदा एक युवकको मृत्यु

असार ,१९ कंचनपुर । 
कंचनपुर जिल्लाको पुनर्वास नगरपालिका कालिका स्वास्थ्यचौकी नजिक पानी बोक्ने ट्याङ्कर र मोटरसाइकल दुर्घटना हुदा एकजना युवकको घटनास्थलमै ज्यान गएको छ । से ६ प ६४२६ नम्बरको मोटरसाइकल पानी ट्याङ्कर सङ्ग ठोक्किदा मोटरसाइकलमा सवार एक जना युवकको मृत्यु भएको हो। पुनर्वास नगरपालिका  वडा नम्वर ७ का ३८ बर्षिय लोकेन्द्रसिंह ठकुरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर थापा बताएका छ्न। उनका अनुसार घटनापछि आक्रोसित स्थानीयले पानी ढुवानी गर्ने बा १ च ९७८४ र  से १ च १७४ नम्बरका दुई वटा ट्याङ्करमाथि आगजनी गरेका हुन । घटना पछि स्थानीयहरु आक्रोसित हुदा स्थिती तनावग्रस्त भएको छ।