बझाङमा कोरोना संक्रमितले गरे आत्माहत्या

बझाङमा कोरोना संक्रमितले गरे आत्माहत्या

बझाङ : बझाङको खप्तड छान्ना गाँउपालीकाका एक युवाले आत्माहत्या गरेका छन । कोरोना संक्रमण भए पछि खप्तडछान्ना गाँउपालिका वडा नं ७ लामागडा घर भएका १८ बर्षिय शेर बहादुर रावत ले आत्माहत्या गरेका हुन ।

जेठ १९ गते भारत वाट आएका उनी सहित २५ जना लामागाडा प्रावि को क्वारेन्टाईनमा बस्दै आएका थिए । रावतको हिजो मात्र पिसीआर रिपोर्ट  आएको थियो । उनि संगै बसेका अरुको पिसीआर रिपोर्ट  नेगेटिभ आएको छ । कोरना पुष्टी भएर एक्लै बस्दा उनी निरास देखिएका थिए ।

आफुसंग बसेका हरुको रिपोर्ट नेगेटिभ र आफ्नो पोजेटिभ आँउदा निरास भएर आत्म हत्या गरेको हुन सक्ने आशंका गरिएको छ । विहान नास्ता दिन क्वारेन्टाईन स्थलमा जाँदा नदेखेपछि यताउता खोजी गर्दा क्वारेन्टाइम स्थल भन्दा टाढा जंगलमा झुण्डीएको अवस्थामा मृत फेला परेका वडा अध्यक्ष तथा गाँउपालिकाका प्रवक्ता राम बहादुर सिंहले वताए ।

अहिले नेपाली सेना सहित प्रहरी र डाक्टरहरुको टोली घटना स्थलमा तर्फ गएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले वताए । बझाडमा यस अगाडी छविसपाथीभेरा गाँउपालीकाको बुडखोरीमा एक जनाले क्यारेन्टाइनमै आत्मा हत्या गरेका थिए ।