प्रगतिशिल युवा समाज बझाङद्धारा ५ सय विपन्न परिवारलाई राहात वितरण

प्रगतिशिल युवा समाज बझाङद्धारा ५ सय विपन्न परिवारलाई राहात वितरण

बझाङ : कोरोना भाईरस (कोभिड १९) का कारण प्रभावित र जोखीममा परेका विपन्न परिवार लाई प्रगतीशिल युवा समाज बझाङले राहात सामाग्री वितरण गरेको छ ।

प्रगतीशिल युवा समाजले विभिन्न परियोजनामा साझेदारी गरि काम गरि रहेका युएमएन र वल्डभिजन संस्थालेहरुको सहयोगमा जिल्लामा राहात सामाग्री वितरण गरेको हो । सस्थाले जयपृथ्वी नगरपालीका र केदारस्युँ गाँउपालीकाका करिब ५ सय विपन्न परिवारलाई प्रति परिवार ३० केजी मसिनो चामल, ३ केजी दाल, २ केजी चिनी, २ केजी नुन, २ लिटर तेल सहित ४ वटा साबुन वितरण गरेको हो ।

यस्तै जयपृथ्वी नगरपालीका र केदारस्युँ गाँउपालीकाका क्वारेन्टाइममा बसेका व्यक्तिहरुको खान बस्न सजिलोका लागी दाल तेल नुन अण्डा चिनि तरकारी पनि वितरण गरेको सस्थाका अध्यक्ष रमेश केसीले बताए ।
केसीका अनुसार संस्थाले थलारा गाँउपालीकाका क्यारेन्टाइममा बसेका व्यक्तिहरुका लागी युएमएनको सहयोगमा १५ क्वीन्टल चामल १ क्वीन्टल दाल ५० लिटर तेल ४० केजी नुन २० केजी चिनी सहित माक्स समेत वितरण गरेको छ ।

यसका साथै यो सस्थाले पहिलो चरणमा ४५ वटा पिपिईसेट सहित, बाल्टीन, त्रिपाल, झुल पिफर्म गरी ९० सेट सुरक्षा सामाग्री जिल्ला विपद व्यवस्थापन समिति लाइ हस्तान्त्रण गरेको छ  । 

वल्डभिजनको आर्थिक सहयोगमा उपलव्ध भएको पहिलो चरण र दोस्रो चरणको राहत सामाग्री २८ लाख ५१ ह्जार ७ सय ४९ रकमको रहेको थियो भने युएमएन माफर्त उपलव्ध भएको राहात सामाग्री १ लाख ४८ हजार ३ सय ३७ रकमको रहेको सस्थाका टिम लिडर लवराज जोशीले बताए ।

समता मुलक आत्म र्निभर र सभ्य समाजको सृजना भन्ने मुला नारा राखी प्रगतीशिल सस्थाले पछिल्लो समयमा आफुलाइ शुसासन पारर्दशिता रुपमा काम गर्ने जिल्लाको सशक्त गैर सरकारी सस्थाको रुपमा स्थापित गर्दै आएको छ ।