दिल्लीमा अलपत्र ६ नेपाली महिलाको उद्वार

दिल्लीमा अलपत्र ६ नेपाली महिलाको उद्वार

भारतको दिल्लीमा अलपत्र परेका ६ नेपाली महिलालाई शुक्रबार उद्धार गरिएको छ। गत फागुन २९ गते नेपालगञ्जको नाका हुँदै भारत प्रवेश गरेका उनीहरुलाई तेस्रो मुलुक पु(याइदिने भनी भारतको परारी जोरदा भन्ने ठाउँमा पुगाईएको थियो।

शान्ति पुनःस्थापनागृहको पहलमा उनीहरुलाई कृष्णनगर नाका हुँदै नेपाल प्रवेश गराइएको छ। मोरङका चार तथा झापा र पर्वतका एकएक महिलालाई उद्धार गरिएको गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले बताए ।

महिलालाई कुवेत र इरानमा निःशुल्क पठाइदिने भनी भारतको कोठीमा थुनेर राखेको सूचनाका आधारमा त्यहाँ रहेका देशभक्त आवाज सामाजिक संस्थाको समन्वयमा उद्धार गर्न सफल भएको उनको भनाइ थियो ।

ती महिलालाई प्रलोभनमा पार्नेमा एकएक महिला र पुरुष रहेको भन्ने सूचना प्राप्त भएको र थप अनुसन्धान भइरहेको भट्टराईले बताए। उनीहरुलाई थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान व्युरो काठमाडौं पठाइएको गृहका कपिलवस्तु संयोजक निशा पन्थीले जानकारी दिए ।