राजा आउ देश बचाउ भन्दै महेन्द्रनगरमा प्रदर्शन

राजा आउ देश बचाउ भन्दै महेन्द्रनगरमा प्रदर्शन

असार,२० कंचनपुर ।
 कंचनपुरको महेन्द्रनगरमा शनिबार  राजा आउ देश बचाउ भन्दै प्रदर्शन गरिएको छ । राष्ट्रिय सरोकार मञ्च नेपालको अगुवाईमा आज महेन्द्रनगरमा राजा आउ देश बचाउ भन्दै प्रर्दशन गरिएको हो । राज संस्थाप्रती आस्था राख्ने  स्थानीयहरुले  राजा आउ देश बचाउ भन्दै प्रर्दशन गरेका हुन। उनीहरुले राजसंस्था बिना राष्ट्र र राष्ट्रियता जोगिन नसक्ने भन्दै राजसंस्था  अहिलेको  लागि अति आवश्यक रहेको प्रदर्शनकारीहरुको भनाइ रहेको छ । राष्ट्र र राष्ट्रियता बचाउन अब देशमा  राजा अपरिहार्य भएको  उनिहरुले बताएका छ्न । अहिलेका शासक हरुबाट देश संकटमा रहेको र त्यो संकटबाट बचाउन राजसंस्था स्थापित हुनुपर्ने समेत उनिहरुले बताए । उनिहरुले राजतन्त्र जिन्दावाद सहितका नारा लगाउदै शनिबार महेन्द्रनगरमा प्रदर्शन गरेका हुन ।