सुदूरपश्चिम प्रदेशमा आज थप १० जनामा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशमा आज थप १० जनामा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशमा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको  छ । धनगढी प्रयोगशालामा गरिएको परिक्षणमा ४ महिला र ६ जना पुरुषमा कोरोना पुष्टि भएको हो । 

सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार २१७ जनामा कोरोना परीक्षण गरिएकोमा १० जनामा पोजेटिभ आएको हो । नयाँ थपिएका संक्रमितमध्ये ४ जना महिला र ६ जना पुरुष छन् ।

उनीहरु अछामका एक महिला, बैतडीका एक पुरुष, डोटीका ३ जना पुरुष,कैलालीका १ जना पुरुष र कंचनपुरमा २ महिला र २ जना पुरुष छन् ।