बझाङमा पनि देखियो सलह किरा, मकै र धानबाली सखाप

बझाङमा पनि देखियो सलह किरा, मकै र धानबाली सखाप

बझाङ : भारत हुँदै नेपाल प्रवेश गरेको सलह किरा बझामा पनि देखिएको छ । सलह किराको झुण्ड बझाङमा प्रवेश गरेपछि जिल्लावासी चिन्तित भएका छन । बझाङको बुङगल नगरपालिकाबा विभिन्न वडाहरुमा सलह किरा देखा परेको स्थानियको भनाई छ ।

सलह किराले मकै, भर्खरै रोपेको धान र कोदो खाएपछि किसान चिन्तित बनेका छन । सलह किराको झुण्ड छुट्टीएर अलग अलग समुहमा आएको छ । बुङगल नगरपालिका, सुर्मा गााउपालिका र साईपाल गाँउपालिकाका उच्च भेगमा गहु र जौ ँबाली काटने काम भै रहेको छ ।

हेर्दा हेर्दै गहुँ खेतमा सलह किरा पसेर बाली सखाप पारेको बुङगल नगरपालिका वडा नं २ का प्रकास धामीले बताए । उनले भने गहुँ काट्दै थियौँ । फटिङग्रा जस्तै देखिने हजारौँको संख्यामा आएका किराले एकै छिनमा बाली सखाप पारे । पछि बुझ्दा सलह किरा रहेछ ।

स्तै वडा नं ६ का विभिन्न ठाँउमा किसानले लगाएको मकै सखाप पारेको स्थानिय विरेन्द्र कुँवरले बताए । उनले भने सलहको ठुलो झुण्ड नभएर बाटो विराएका करिब ५ हजार सम्माका स सना झुण्ड छन ।

बारीमा पस्यो भने मिनेटमै पात सखाप पार्दो रैछ । कोरोनाको कहर संगै खेतमा लगायको बाली खान थाले पछि चिन्तीत भएको उनको भनाई छ ।