पहिरोले घर भत्कदा बालकको ज्यान गयो

पहिरोले घर भत्कदा बालकको ज्यान गयो

बझाङ : बझाङमा पहिरोले घर भत्कदा एक बालकको ज्यान गएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका वडा ७ को बाल्वा भिटामा पहिरोले पुरिएर १३ बर्षिय आशिष जोशीको रहेका छन ।

मृतक बालक सुनिपिपल चौर माध्यमिक बिध्यालयका शिक्षक कर्मराज जोशिका छोरा हुन । मृतक बालक सुनि पिपल चौर माध्यमिक बिध्यालयमा कक्षा ७ मा अध्ययनरत रहेको पारिवारिक स्रोतले जनाएको छ ।

उनको अहिले जिल्ला अस्पतालमा पोष्टमार्टम भैरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । शुक्रबार पहिरोमा केदारस्यु गाँउपालिका वडा नं ८ मल्लेसीमा परि एकै परिवारका ४ जना सहित ७ को ज्यान गएको थियो ।