पत्रिकामा खानेकुरा नबेर्नुस्, क्यान्सर लाग्ला

पत्रिकामा खानेकुरा नबेर्नुस्, क्यान्सर लाग्ला

काठमाडौं : बाटोमा उभिएर चनाचटपटे खान त मजा लाग्ला तपाईंलाई । पत्रिकाको चुच्चे भाँडो बनाएर चटपट खाने गर्नुभएको होला । अनि कहिलेकाहीँ अल्मुनियम फोइल वा प्लास्टिक नभेटेर पत्रिकामै रोटी बेर्ने गर्नुभएको होला । 

यसो गर्नु स्वास्थ्यको दृष्टिकोणले हानिकारक छ । पत्रिकामा प्रयोग हुने मसीमा स्वास्थ्यलाई हानि गर्ने बायोएक्टिभ तत्व हुन्छन् । यसरी पत्रिकामा टाँसिएको खानेकुरा खाँदा क्यान्सर पनि हुन सक्छ । 

मसीमा हानिकारक रंग र त्यसको रसायनमा माइक्रो अर्गानिजम हुन्छ जसले स्वास्थ्य बिगार्छ  रिसाइकल गर्न मिल्ने कागज र कार्डबक्स पनि खतरनाक नै हुन्छन् । यिनमा फ्थालेट नामक विषालु रसायन हुन्छन् जसले पाचन प्रणालीलाई बिगार्छन् ।

यिनीहरूले बूढा र बच्चालाई क्यान्सर समेत गराउँछन् । खानेकुरा कहिलेपनि पत्रिकामा बेरेर राख्नु हुँदैन।