कंचनपुरमा छिमेकीको हत्या गरि फरार भएका युवक पक्राउ

कंचनपुरमा छिमेकीको हत्या गरि फरार भएका युवक  पक्राउ

असार २२, कञ्चनपुर । कञ्चनपुरमा आफ्नै छिमेकीको हत्या गरि फरार भएका युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको दक्षिणी क्षेत्र पुनर्वासमा धारिलो हतियार प्रहार गरी छिमेकीको हत्या गरेर फरार रहेका ४१ वर्षीय गोरे भनिने गौरव बहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राति करीब १०ः४० बजेतिर पुनर्वास नगरपालिका वडा नम्बर ५ भानुबस्तीमा बसोबास गर्दै आएका  ४७ वर्षीय छिमेकी गोपाल कुँवरको हत्या गरि फरार भएका थिए । उनले  छिमेकी कुँवरको  घाँटीमा बन्चरो प्रहार गरी हत्या गरेका थिए । हत्या पछि फरार रहेका उनलाइ प्रहरीले खोजी गर्दै जाँदा सोमबार बिहान ४ः३० बजेतिर पुनर्वास नगरपालिका वडा नम्बर ५ बाट पक्राउ गरेको हो ।  लुकीछिपी भाग्दै गरेको अवस्थामा उनलाइ प्रहरीले पक्राउ गरेको हो । सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताएका छ्न ।