बझाङमा विकास निमार्णका काममा महिलाको सहभागिता बढ्दै

बझाङमा विकास निमार्णका काममा महिलाको सहभागिता बढ्दै

बझाङ : बझाङका स्थानिय तहमा हुने विकास निर्माणका काममा महिलाहरुको सहभागिता बढदै गएको छ । प्राय जसो घरको काममा मात्रै सीमित रहने यस क्षेत्रका महिलाहरु अहिले भने विकास निर्माणमा सहभागी हुन थालेका छन् । अझै पनि महिलाहरुले विकास निमार्णका कामहरु संक्दैनन भन्ने मानसिकताका कारण महिलाहरु निमार्णका काममा खुलेर आउदैनन् ।

पछिल्लो समयमा सरकारी र अन्य गैरसरकारी संघ संस्थाको आर्थिक सहयोगमा हुने विकास निर्माणका काममा पुरुष भन्दा महिलाहरु अब्बल हुन थालेका हुन । महिलाहरु साना सिँचाई योजना, बाटो निमार्ण खानेपानी योजना, भवन निमार्णमा सहभागि हुन थालेका छन् । बिहान घरको काम सकेर दिन भर विकास निर्माणमा सहभागी हुदाँ महिलालाई ज्ञान र सीपका साथ साथै आर्थिक उपलब्धी हुने गरेको छ ।  

विहानै सबेरै उठेर चुलो चौकी सकेर दिउसोको खाजा बोकी विकास निमार्णको काममा जानु बुङगल नगरपालिका वडा नं १ सतिवनकी कौफली बोहराको दैनिकि बनेको छ ।

ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाले गाँउमा खानेपानी निमार्ण गर्न लागे पछि दैनिकि यहाँका महिलाहरुको फेरिएको हो । खानेपानीका पाईप बोक्ने, पाईप विछ्याउने, खोदान गर्ने, पानी टंयाङकी बनाउने काम गरीरहेको उनले बताईन ।

विकास निमार्णका सहभागि हुँदा ज्ञान र सीपका साथ साथै ज्याला पाउदा निकै खुसी लागेको कौफलीको भनाई छ । जनश्रमदान सहित गाँउमा एक करोड दश लाखको लागतमा सतिवन र कचाली गरी दुई गाँउका १ सय २ घरधुरीलाई लक्षित गर्दै ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाले निजीधारा तथा सरसफाई आयोजना निमार्ण गर्र्दैछ ।

सो योजनामा काम गर्ने ९० प्रतिशत महिला नै छन । पाईपहरु जोड्ने र रिजर्व ट्याङकी बनाउने तथा पलास्तरको काम मात्र पुरुषले गरेका छन । 
गाउँका अधिकांश पुरुषहरु मजदुरी गरेवापत पाएको पैसाले मदिरा सेवनमा खर्च गर्ने भएकाले यहाँका महिला विकास निर्माणको काममा अग्रसर हुन थालेका बुङगल नगरपालिका वडा नं १ सतिवनकी चनमती बोहराले बताईन ।

विकास निर्माणमा काम गरेवापत हुने आम्दानीले घर खर्चका साथै केही रकम बचत गर्न सकेको चनमतीको भनाई छ । गाँउ बाट सात किलोमिटर टाढाको मुहान सम्म पाईप बोक्ने र पाईप विछ्याउनेकाम महिलाले गर्नु चानचुने कुरा होईन । उनी भन्छिन गाउँमा हुने विकास निर्माणका काममा सहभागी हुन पाएकोमा महिलाहरू खुसी भएका छन् । कतिय महिलाले आफुले पायको ज्याला बाट बाख्रा किनेर बाख्रा पालनमा समेत लाग्ने सोच बनाएका छन ।

अर्की स्थानिय मनिसा बोहराले हाल सम्म आफुले पाएको ज्याला बाट ५ वटा बाख्रा पनि किनि सकेकी छिन । काम संग संगै दाम पनि मिल्न थाले पछि आफुहरु विकास निमार्णका काममा हौसिएको उनी बताउछिन् । पहिले पहिले त घरका मान्छेहरुले पनि महिलाले यस्तो काममा जानु हुदैन भनेर भन्थे । आफ्नै जिद्धिले गए ।

अहिले त काम गर्दा ख्याल गर्नु भनेर सम्झाउन थालेका छन । हामीले काम गर्दै गर्दा धेरै सिप पनि सिक्न थालेका छौँ । पलास्तरका लागी मसला बनाउन जानेका छौँ । पहिले पुरुषहरुलाई बालुवा कति हाल्ने, सिमेन्ट कति हाल्ने पानीको मात्रा कति हाल्ने भनेर सोध्ने गथ्र्यौ । अब सबै काम आउन थालेको छ । हामीलाई धारा चिन्ने र पलास्रट गर्ने काम मात्र अप्ठयारो छ । अरु सबै काम सकिदो रहेछ ।

महिलाहरुले गरेको काम पुरुषको तुलनामा दुई गुणा बढी भएको योजनामा खटिएका प्राविधिक रमेश बोहराले बताए । उनले भने पुरुषहरु कामको बेलामा पनि गफ गरेर बस्ने र काममा ढिलासुस्ती हुने गरेको थियो । तर महिलाहरुको ध्यान एकोहोरो काममा भएका कारण छिटो हुने गरेको छ । सात किलोमिटर टाढा बाट खोेदान गरेर पाईप विछ्याउनु चानचुने कुरा थिएन ।

निधारित समयमा काम सम्पन्न हुदैनकी भन्ने थियो तरमहिला सहभागिताले योजनाको काम तिव्र गतिमा भएको छ । हामीले २०७८ सालको जेठमा सक्ने गरी काम अघि बढाएका हौ । हाल सम्म योजनाको करिब ६० प्रतिशत काम सकाएका छौँ ।

यो सबै महिलाको देन हो । ग्रामिण जलस्रोत व्यवस्था पन परियोजनाको आर्थिक  र सामाजिक तथा प्राविधिक विकास सेवा समुहको प्राविधिक सहयोगमा संचालन भएको उक्त योजना निर्धारित समय भन्दा ५ महिना अगाडी नै सम्पन्न गर्ने लक्ष्य रहेको ईन्जीनियर लोकेन्द्र प्रसाद ओलीले बताए ।

उनले भने महिलाहको काम प्रतिको लगावका कारण योजनाको निमार्ण कार्यमा ठुलो टेवा पुगेको छ । यसमा सबै काम गर्ने महिला नै हुन भन्दा फरक नपर्ला । दक्ष कामदारको रुपमा काम गर्ने मात्र पुरुष हुन अरु सबै महिला रहेका छन ।