सेती अञ्चल अस्पतालमा स्टेचर र ह्वील चेयर यस्तो छ विजोग

सेती अञ्चल अस्पतालमा स्टेचर र ह्वील चेयर यस्तो छ विजोग

धनगढी : बिरामीको अत्यधिक  चाप रहेको सेती अञ्चल अस्पतालमा स्टेचर र ह्वील चेयरको सही ब्यवस्थापन हुन नसक्दा बिरामीलाई बिभिन्न परिक्षणका लागि बेडबाट प्रयोगशाला सम्म लैजान समस्या हुने गरेको छ।

आकस्मिक कक्षमा प्रयाप्त स्टेचर र ह्वील चेयर नहुँदा बिरामीलाई बोकेरै भएपनि बिरामीहरुको रोग पहिचानका लागि बेडबाट प्रयोगशालासम्म लैजान समस्या हुने गरेको पाईएको छ ।

अहिले आकस्मिक कक्षको अगाडी एउटै स्टेचरमात्रै रहेको छ ।

सयौका सङख्यामा आउने बिरामीहरु बिरामी बोक्ने साधन नपाएर बोकेर भएपनि बिभिन्न वार्डमा पु¥याउनुपर्ने बिरामीका कुरुवाहरुले बताएका छन ।