उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाको कष्टम हायरिङ्ग सेन्टर कंचनपुरमा

उदयदेव बहुउद्देश्यीय  सहकारी संस्थाको  कष्टम हायरिङ्ग सेन्टर कंचनपुरमा

असार २३,कंचनपुर । कंचनपुरमा उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले कष्टम हाइरिङ्ग सेन्टरको स्थापन गरेको छ । 
मंगलबार एक कार्यक्रमका गर्दै सहकारीले आफ्नै हायरिङ्ग सेन्टरको उद्घाटन  गरेको हो ।भीमदत्त नगरपालिका वडा न.१९  बागफाटामा स्थापना भएको कष्टम हाइरिङ्ग सेन्टरको उद्घाटन भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले गरेका थिए ।

 उदयदेव सहकारी संस्थाले आफ्ना सदस्यहरु लाई मध्यनजर गर्दै कृषि उत्पादन कार्यमा जोड दिने उद्देश्यका साथ कस्टम हाइरिङ्ग सेन्टरको स्थापना गरिएको सहकारीका प्रमुख कार्यकारी अधिकृत गणेश चन्दले बताएका छ्न ।उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ कञ्चनपुरको ५० प्रतिशतमा अनुदान र ५० प्रतिशत सहकारीको लगानीमा ११ वटा कृषि उपकरण ३३ लाख १२ हजार ७ सय ६२ रकमको कृषि सामग्री हस्तान्तरण गरिएको बताए । उनले कृषी उत्पादन बढाउनुका साथै सदस्यहरु लाई कृषि तर्फ उन्मुख गराई बजारको व्यवस्थापन गरिने समेत बताएका छन । उक्त कार्यक्रममा  सभापति सहकारीका अध्यक्ष पुर्ण बहादुर चन्द रहेका थिए भने प्रमुख अतिथिमा भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र बिष्ट रहेका थिए ।अतिथिहरुमा भीमदत्त वडा न.२ र१९ का अध्यक्ष डम्बर कार्की, दामुदर महरा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ईकाइ कार्यालय कंचनपुरका  प्रमुख संजु रीमाल जोशि लगायत अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।