केदारस्युको मल्लेसीमा पहिरोको जोखिम कायमै

केदारस्युको मल्लेसीमा पहिरोको जोखिम कायमै

बझाङ : केदारस्युँ गाँउपालिका वडा नं ८ मल्लेसीमा पहिरोको त्रास कायमै रहेको छ । गएको शुक्रबार राति गाउँको मध्य भागमा पहिरो गए पछि मल्लेसीका २० घर पुरिएका छन भने अन्य ४५ घरपरिवार विस्थापित भएका छन ।

पहिरोमा परि ७ जनाले ज्यान गुमाएका छन । नेपाली सेना, नेपाल प्रहरी , ससस्त्र प्रहरी र स्थानियहरुको सहयोगमा शनिवार ६ जनाको शव निकालेर अन्तीम दाहासंस्कार भए पनि एक जनो भने अझै फेला पर्न सकेका छैनन । 

लगातार पानी परिरहेका कारण गाउँमा फेरि पहिरो जान सक्ने त्रासले स्थानियहरु अझै पनि आफ्नो घरमा बस्न सकेका छैनन् । विस्थिापित परिवारलाई गाँउकै नवादेउ आधारभुत विद्यालयमा व्यवस्थापन गरिएको छ भने अन्य घरपरिवारलाई त्रिपाल टागेर अस्थाई बसोबासको प्रवन्ध गरिएको छ ।

स्थानिय तहले राहात वितरणका लागी प्रयास गरिरहेको भए पनि गण्डकीगाड र जिउलीगाडले विभिन्न ठाँउमा बाटो बगाए पनि झन समस्या भएको छ । घर सहित पहिरोले बगाए पछि मल्लेसीका २० परिवारलाई केदारस्युँ गाँउपालिका, जिल्ला विपद व्यवस्थापन समितिले बसोबासको व्यवस्था गरेको छ ।

जिउलीगाड र गण्डकीगाडको विचमा पर्ने मल्लेसी गाँउको दुबै तिरको फेद बाट खोलाले कटान सुरु गरे पछि मल्लेसीका स्थानियहरुमा त्रास फैलिएको छ । विभिन्न व्यक्ति र संघसंस्थाले पनि राहात उपलब्ध गराई रहेको भए पनि कति खेर पहिरो आएर मरिने हो भन्ने डर कायमै रहेको स्थानिय सुरेस जेठाराले बताए ।

गाँउमाथी बाट पहिरो खस्ने गरेको छ । उनले भने, पहिरो बाट विस्थापित भएका मात्र होइन गाउँका अन्य घरपरिवार पनि डरले आफ्नो घर बस्न सकेका छैनौँ । 

यस्तै पहिरोको सन्त्रासले राती सुत्नै नसकिने अवस्था आएको स्थानिय अजिभान जेठाराले बताए । उनले भने मलाई ७७ बर्ष पुग्यो । मेरा बुवा बाजेले पनि अहिले सम्म यस्तो घटना भएको हो भनेर सुनाएका थिएनन् । मैले पनि मेरो जिवनको यत्रो समय सम्म कहिल्यै देखिन । यसपाली अचम्म भयो । यसरी पहिरो गएर गाँउकै उठीवास लाउला भनेर कल्पना पनि गरिएको थिएन ।

उनका अनुसार गाउ“को मध्य भागमा पहिरो गए पछि फेरी पहिरो जान सक्ने डरले गाउ“का कोही पनि आफ्नो घरमा बस्न सकिरहेका छैनन । रातभर बालबच्चाहरु रुने कराउने गर्छन । 

जुईलीगाड खोलाले विभिन्न ठाँउमा गाँउ जाने बाटो बगाए पछि बाहिर बाट गाउँमा जान निकै समस्या छ । जोखिम मोलेर भरिया लगायर राहात गाँउमा पुगेको छ । केदारस्युँ गाँउपालिकाको झोता बाट जाने बाटो जोखिम भएकाले दुर्गाथलीको चुवापन हुदै मल्लेसी सम्म राहात ढुवानी गर्ने तयारी भै रहेको छ ।

गाँउ पहिरोको उच्च जोखिममा रहेकाले विस्थापित परिवारलाई सुरक्षित ठाँउमा त्रिपाल हालेर बसोबासको व्यवस्था मिलाईएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए ।