कंचनपुरमा अविरल बर्षाका कारण ढल्यो नेपालभारत सिमा स्तम्भ

कंचनपुरमा अविरल बर्षाका कारण ढल्यो नेपालभारत सिमा स्तम्भ

असार २४,कंचनपुर ।
भारत सङ्ग सिमाना जोडिएको कंचनपुरको दक्षिणी क्षेत्र बेलौरीमा जिर्ण रुपमा रहेको सिमा स्तम्भ  ढलेको छ । बेलौरी नगरपालिका  वडा नं २ बैजुडाडास्थित  २०७  नं को नेपाल भारत सीमा स्तम्भ ढलेको हो । लामो समयदेखि जिर्ण अवस्थामा रहेको उक्त सिमा स्तम्भ निरन्तर रुपमा परेकाे बर्षाका कारण  ढलेको स्थानीयले बताए । 
लामो समयदेखि सीमास्तम्भ बाँगिएर जिर्ण हुँदासमेत सम्बन्धित निकायले वास्ता नगर्दा सीमास्तम्भको मर्मत नभएको समेत स्थानीयले बताएका छ्न ।

कंचनपुर जिल्लाको दक्षिणी क्षेत्र जहा सिमा विवाद बेलाबेलामा उत्पन्न भइरहन्छ त्यो ठाउमा सिमा स्तम्भहरु नै जिर्ण भएर ढल्नु र हराउनुका कारण भोलि फेरि सिमा विवाद नदोहोरिएला भन्न सकिन्न । भारतीय पक्षले नेपाली भुभाग अतिक्रमण गरि विभिन्न बिकास निर्माणका कार्यहरुमा समेत बाधा पारिरहेको समेत स्थानियहरुले बताएका छ्न । सो समस्या दोहोरिन नदिन  बेलैमा सम्बन्धित  निकायले ध्यान दिई जिर्ण अवस्थामा रहेका सिमा स्तम्भहरुको मर्मतसम्भार गरि ढलेका सिमा स्तम्भहरु चाडै  निर्माण गर्नुपर्ने समेत उनिहरुले बताएका छ्न ।