फोरजी ग्राहकका लागि एनसेलले ल्यायो ‘ननस्टप युट्युब’ अफर

फोरजी ग्राहकका लागि एनसेलले ल्यायो ‘ननस्टप युट्युब’ अफर

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘प्लस’ थिम अन्तर्गत आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युब’ अफर ल्याएको छ । भिडियो सामाग्रीहरु हेर्दा धेरै डेटा खपत हुने र कम शुल्कमा ग्राहकले युट्युबको प्रयोग गर्न सक्ने भएकाले कम्पनीले यो अफर ल्याएको हो । 

‘प्लस’ थिम अन्तर्गतको ननस्टप युट्युब अफरमा ग्राहकले मात्र १०० रुपैयाँ (कर सहित मात्र रु १२७.६९) मा एक साताभरी ४८० पी क्वालिटीमा युट्युब भिडियो हेर्न सक्ने छन् । साथै यो अफरमा ग्राहकले ४ जीबी फोरजी अल टाइम अल नेटवर्क डेटाको पनि फाइदा लिन सक्नेछन्।

फोरजी नेटवर्कमा ननस्टप युट्युब र ४ जिबी अल टाइम अल नेटवर्क डेटा सुचारु भएको दिनबाट ७ दिनको लागि मान्य रहने कम्पनीले बताएको छ । भने यो प्याक सुचारु गर्ने ग्राहकले फेसबुक र टिकटकको लागि सुलभ दरमा छुट्टा छुट्टै आकर्षक प्याक पनि लिन सक्नेछन्।

ग्राहकले ननस्टप युट्युब प्याक सुचारु गरे पछि हरेक दिन ५०० एमबीको दरले ७ दिन सम्म मात्र २० रुपैयाँ (कर सहित मात्र २५.५३) मा ३५०० एमबी थप डेटाको लिन सक्नेछन्।

उक्त डेटा ग्राहकले फेसबुक चलाउनको लागि प्रयोग गर्न सक्नेछन्। त्यति नै शुल्कमा टिकटक चलाउन रुचाउने ग्राहकले पनि हरेक दिन ५०० एमबीको दरले ७ दिन सम्म ३५०० एमबि थप डेटाको मजा लिन सक्ने छन् ।

आफ्नो आवश्यकता अनुसार ग्राहकले फेसबुक र टिकटकका लागि दुबै डेटा समेत लिन सक्नेछन् । एनसेलका फोरजी ग्राहकले *१७१२३*१# डायल गरी प्राप्त निर्देशन अनुसार यो प्याक सजिलै सुचारु गर्न सक्नेछन् ।

यस अफर अन्तर्गतको ननस्टप युट्युबको फाइदा लिन ग्राहकसँग एनसेल फोरजी सिम कार्ड, फोरजी चल्ने मोबाइल र एनसेलको फोरजी नेटवर्क कभरेज भित्र हुनुपर्दछ ।

आफ्नो थ्रिजी सिम कार्ड फोरजी सिममा अपग्रेड गरी नसकेका ग्राहकले नजिकैको एनसेल सेन्टरमा गएर आफ्नो सिम निःशुल्क अपग्रेड गर्न सक्नेछन् । साथै सिम अपग्रेड गर्ने ग्राहकले थप १ जीबी डे प्याक डेटा निःशुल्क प्राप्त गर्नेछन् ।