लोकप्रिय गायक नवराज कलौनीको नयाँ कोसेली “ डोलि ” सार्वजनिक(भिडियो सहित)

लोकप्रिय गायक नवराज कलौनीको नयाँ कोसेली “ डोलि ” सार्वजनिक(भिडियो सहित)

असार २६,कंचनपुर । 
सुदुरपश्चिममा जन्मिएका लोकप्रिय गायक नवराज कलौनीको लय तथा शब्द संकलन रहेको नयाँ गीत बिहीबार सार्वजनिक भएको छ।  सार्वजनिक “ डोलि ” बोलको गितमा गायक सुरेश भट्टको स्वर रहेको छ। गायक भट्टको स्वरमा उनको यो पहिलो म्युजिक भिडियो “ डोलि ” सार्वजनिक भएको हो । यस अघि दर्जनौँ नेपाली तथा हिन्दी गितहरुमा गितार कभर म्युजिक भिडियो बनाई सकेको उनले बताए । 
गीतलाई मोहित मुनालले एरेन्ज गरेका छ्न। उक्त गितमा अहिलेका चर्चित मोडेल सुवेश लेश र प्रशंसा परि को अभिनय रहेको छ ।

विक्रम चौहानले निर्देशन गरेको उक्त गितको  छायाङकन प्रकाश खड्का, सम्पादन मिलन विश्वकर्माले गरेका छन ।

कर्णाली पुलमा छायाङ्कन भएको उक्त म्युजिक भिडियो चर्चित ओयसआर डिजिटल युट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।आगामी दिनहरुमा जस्तै माया र साथ दिई अझै बढी हौसला बढाउन मदत गरिदिन सम्पुर्ण संगितप्रेमीहरुलाइ  लोकप्रिय गायक नवराज कलौनीले अनुरोध समेत गरेका छ्न ।