सार्वजनिक स्थलमै यौनजन्य क्रियाकलाप गर्ने जोडी पक्राउ

सार्वजनिक स्थलमै यौनजन्य क्रियाकलाप गर्ने  जोडी पक्राउ

कंचनपुर ।   सार्वजनिक स्थलमै यौनजन्य क्रियाकलाप गर्ने यौन जोडीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
कंचनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–१० स्थित सार्वजनिक स्थलमा यौनजन्य क्रियाकलाप गरेको आरोपमा २८ वर्षका   युवक र  ३० वर्षिया  महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमर थापाले बताएका छ्न । उनका अनुसार पक्राउ परेका युुवक बैतडीको सुर्नया गाउँपालिकाका रहेको र  महिला कैलालीको गोदावरी नगरपालिका–९ की हुन ।

सार्वजनिक स्थलमा यौनजन्य  क्रियाकलाप गर्न नपाइने भएकाले  उनिहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक थापाले बताए । उनले भने 'कानुन बमोजिम सार्वजनिक स्थलमा यौनजन्य क्रियाकलाप गर्न पाइदैन ।’

हाल उनिहरुमाथी थप अनुसन्धान भइरहेको  छ । उनिहरु माथी  आवस्यक अनुसन्धान गरि कानुनी कारबाही अघि बढाइने समेत डिएसपी थापाले बताए ।