विद्युत् अनियमित हुदा दैनिकी कठीन

विद्युत् अनियमित हुदा दैनिकी कठीन

धनगढी । कैलाली जिल्लामा पछिल्लो समयमा विद्युत् आपूर्ति अनियमित हुदै गएको छ । सरकारले यसअघि हुदै आएको विद्युत् कटौती अन्त्यको घोषणा गरे पनि अघोषित रुपमा भइआएको कटौतीका कारण जिल्लावासी सास्ती खेप्न बाध्य छन् ।

 

      विद्युत् छ, कम्प्युटर चल्दैन । पाँच मिनेट विद्युत् आउँछ, आधा घण्टासम्म आउँदैन । विद्युत् कार्यालयमा शिकायत गर्न फोन गर्न खोज्यो कहिले व्यस्त त कहिले घण्टौँ घण्टी गए पनि फोन उठ्दैन । झ्याप्प झ्याप्प आउने विद्युत्ले सेवाभन्दा सास्ती धेरै दिएको छ । बेठेगानको विद्युत् सेवाप्रति सधै उपभोक्ताहरु बेखबर छन् ।

 

      के समस्या हो भनेर उपभोक्ताहरुले सोध्दा बेखबरजस्तै हुन्छन् विद्युत्का अधिकारीहरु । सम्पर्क भइहाले पनि आधिकारिक जवाफ कहिल्यै दिँदैनन् । फोन उठिहाल्यो भने पनि एक छिनपछि आउँछ है, राख्नुहोस्, हामीहरुले बनाउँदैछौँ भन्ने जवाफ पाइन्छ । कहिले त दिनभर विद्युत् आउँदैन । यसरी नै पछिल्लो केही समययता दाङको तुलसीपुरलगायतका क्षेत्रको विद्युत् आपूर्ति अनियमित बन्दै गएको छ । विद्युत् आए पनि पाँच मिनेटपछि फेरि झ्याप झ्याप जाने समस्या रहेको छ ।

    विद्युत्को अघोषित कटौतीका कारण यहाँका उद्योगी, व्यवसायी र आम उपभोक्ताले दैनिक यस्तै समस्या भोग्दै आएका छन् । भोल्टेज लो भएका कारण बत्ती आएको समयमा उद्योग कलकारखाना सञ्चालन नहुने र छिनछिनमा विद्युत् आपूर्ति बन्द हुदा व्यवसायी नै धरापमा पर्ने गरेको व्यवसायीहरु बताउछन्  । “जसले जे गरे पनि भएको छ यो ठाउँमा, विद्युत्को लापरबाहीका कारण हामीहरु धेरै मर्कामा परेका छौँ,  लोडसेडिङ हो भने यसको अन्त्य भएको सुनिन्छ हैन भने हिजो दिनभर विद्युत् आएन, राति पनि लाइन थिएन,” हाडर्वयर व्यवसायी सन्दीप अधीकारीले भन्नुभयो । 

  ग्राहकको माग दिनदिनै बढ्दै गएका छ तर, विद्युत् क्षमताको वृद्धि करीब एक दशकदेखि भएको छैन । यसको मार विद्युत् उपभोक्ताहरुमा पर्दै आएको छ ।

विद्युत् कार्यालयका कर्मचारीहरु अचेल ओभरलोड व्यवस्थापनमै हैरान देखिन्छन् । सरकारले बत्तीको क्षमता नभए पनि विद्युत् कटौतीमुक्त मुलुक घोषणा गरेपछि समस्यामा परेका छन् कर्मचारीहरु । “लोडसेडिङ गर भनेर माथिल्लो निकायले भनेको छैन, तर ओभर लोड आए विद्युत् काट्नुको विकल्प छैन,” विद्युत् कार्यालय धनगढीका इन्जिनियरले भन्नुभयो ।